नेपाल– भारत संयुक्त जलविकास समितिको पहिलो बैठक चाँडै बोलाईने – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

नेपाल– भारत संयुक्त जलविकास समितिको पहिलो बैठक चाँडै बोलाईने

काठमाडौं । नेपाल – भारत संयुक्त जलविकास समितिवको पहिलो बैठक चाँडै बस्ने भएको छ । यसका लागी दुवै पक्ष सहमत भएको काठमाडौंस्थित भारतीय दूतावासले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

उर्जा क्षेत्रमा सहकार्य सम्बन्धी नेपाल–भारत संयुक्त संचालक समितिको १२औं बैठक पनि चाँडै बस्ने भएको छ । भारतीय ऊर्जा सचिव पंकज अग्रवाल र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतबीच चितवनमा पुस २० गते ११औं बैठक बस्नुअघि भेटवार्ता भएको थियो ।

दुवै पक्षले यस विषयमा छलफल जारी राख्न सहमति जनाउदै भारतीय पक्षले आयोजना गर्ने संयुक्त कार्यदल÷संयुक्त संचालक समिति बैठकको अर्को सत्रको लागि चाँडै भेट्ने निर्णय गरेको छ ।

भारत सरकारको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) गोपाल प्रसाद सिग्देलको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त संचालक समितिको ११ औं बैठक २० गते सम्पन्न भएको हो ।

बैठक बस्नुअघि भारत र नेपालबीच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । पुस १८ गते भारत सरकारको ऊर्जा मन्त्रालयका सहसचिव डा. डी साई बाबा र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी ११ औं संयुक्त कार्यदलको बैठक काठमाडौंमा सम्पन्न भएको थियो।

बैठकहरुमा ऊर्जा व्यापार, जलविद्युत परियोजना र प्रसारण लाइनको कार्यान्वयन, नेपाल र भारतबीचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्य लगायतका विषयमा विस्तृत समीक्षा भएको थियो । संयुक्त प्राविधिक टोली (जेटीटी) लगायत विभिन्न द्विपक्षीय समितिमा भएका प्रगतिबारे पनि छलफल भएको थियो ।

बैठकमा १३२ केभी र मुनिका प्रसारण लाइनमार्फत हुने अन्तरदेशीय ऊर्जा व्यापारका मोडालिटीलाई स्वीकृत भएको र भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले पुस १९ गते विशेष महत्व रहेका तीनवटा नयाँ १३२ केभी प्रसारण लाइनको उद्घाटन गरिएको दूतावासले जानकारी दिएको छ ।

दुवै देशका परराष्ट्र मन्त्रीहरुले संयुक्त रुपमा रक्सौल (बिहार, भारत)–परवानीपुर (नेपाल)को दोस्रो सर्किट, कटैया (बिहार, भारत)–कुशाहा (नेपाल) को दोस्रो सर्किट र नयाँ नौतनवा (उत्तर प्रदेश, भारत) –मैनहिया (नेपाल) प्रशारण लाईनको उद्घाटन गरेका हुन्।

करिब २०० मेगावाट प्रसारण क्षमता थप्ने यी प्रसारण लाइनले भारत र नेपालबीचको समग्र प्रसारण क्षमता १४०० मेगावाट पुर्याउन र नयाँ नौतनवा –मैनहिया प्रसारण लाइन नेपाल र भारतको उत्तर प्रदेशबीचको पहिलो प्रसारण लाइन रहेको छ ।

नेपालका प्रधानमन्त्रीको सन् २०२२ अप्रिलमा भएको भारत भ्रमणको दौरान जारी गरिएको भारत–नेपाल संयुक्त दृष्टिकोण पत्रमा प्रगति हासिल गर्दै दुवै पक्ष संयुक्त जलविकास समितिको पहिलो बैठक छिट्टै बोलाउन सहमत भएको जनाइएको छ ।

 

सम्बन्धित समाचार

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरूको आग्रह
  • २०८० पुष २२, १४: ५६

काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
  • २०८० पुष २२, १४: ५६

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०८० पुष २२, १४: ५६

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...