स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउदै मन्त्री – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउदै मन्त्री

काठमाडौँ । स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । आज यहाँ नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको

राष्ट्रिय योग दिवसका अवसरमा आयोजित सप्ताहव्यापी आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले अब दरबन्दी थप गर्न लागिएको बताए।

उनले भने, “देशभर अहिले ९२ हजार स्वास्थ्यकर्मी तत्काल आवश्यक छ। तर आवश्यकताभन्दा कम दरबन्दी भएकाले थप गर्न लागिएको हो।”

त्यस अवसरमा नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा श्यामबाबु यादवले अस्पतालको भौतिक पक्ष थप बलियो बनाउन र जनशक्ति वृद्धि गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरे ।

अस्पतालमा निःशुल्क उपलब्ध हुने शय्या बढाएर १५ बाट २५ पुर्‍याइएको जानकारी दिँदै सम्पूर्ण बिरामीलाई निःशुल्क उपलब्ध गराइएको बताए ।

अस्पताललाई आगामी दिनमा अन्तर्राष्ट्रिय अस्पतालका रूपमा विकास गर्नका लागि निरन्तर प्रयास भइरहेको उनको भनाइ छ। अस्पताल १९७४ सालमा स्थापना भएको थियो। हाल अस्पतालमा एक सय १८ शय्या छन्।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८० पुष २३, २२: ३०

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० पुष २३, २२: ३०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० पुष २३, २२: ३०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....