भुटानी शरणार्थीको कथा समेटिएको नेपाली फिल्म ‘भुठान’मा हलिउड अभिनेता ब्रुसले अभिनय गर्ने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

भुटानी शरणार्थीको कथा समेटिएको नेपाली फिल्म ‘भुठान’मा हलिउड अभिनेता ब्रुसले अभिनय गर्ने

 

काठमाडौं । नेपाली फिल्म ‘भुठान’मा हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गर्ने भएका छन् । ‘बुलबुल’ बनाएका निर्देशक विनोद पौडेलको दोस्रो चलचित्र ‘भुठान’मा दयाहाङ राई र हरिवंश आचार्य अनुबन्धित भइसकेका छन् ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देश प्रेम र जीवनयात्राको कथाको फिल्मको अङ्ग्रेजी नाम ‘द वर्ल्डस् ह्याप्पिएष्ट मेन’ राखिएको छ ।
यसमा खेल्न लागेका हलिउड अभिनेता ब्रुस डर्न सन् १९७९ को चलचित्र ‘कमिङ होम’बाट दुई पटक ओस्कारको मनोनयनमा परेका कलाकार हुन् ।
उनी अभिनीत चलचित्र ‘नेब्रास्का’का लागि उनले सन् २०१३ मा ‘कान्स फिल्म फेस्टिभल’मा ‘बेस्ट एक्टर’ अवार्ड जितेका थिए ।
यस चलचित्रमा अमेरिकाको ओहायो–पेन्सिल्भेनिया क्षेत्रमा बसोबास गर्ने भुटानी–नेपाली शरणार्थीहरूको दुर्दशा र विस्थापनको लडाइँलाई देखाइनेछ ।
निर्देशक पौडेल भन्छन्, ‘‘एजेन्सी मार्फत स्क्रिप्ट पठाएका थियौँ । उनको म्यानेजरले ब्रुस डन हामीसँग काम गर्न राजी भए भनेर फोन आयो । उनलाई स्क्रिप्टले मन छोएछ । हामीले आर्थिक रूपमा उनलाई लिन नसक्ने अवस्थामा पनि हाम्रो प्रोजेक्टमा आए ।”
पौडेलले ब्रूस जस्तो अभिनेतासँग काम गर्न पाउँदा आफू फिल्ममेकर बनेर राम्रो गरेको महसुस गरेको बताए ।
‘भूठान’मा नेपाली अभिनेता द्वय हरिवंश आचार्य र दयाहाङ राईसहित जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, कौशिला खनाल कर्माचार्यलगायतले अभिनय गर्नेछन् ।
पौडेलको चलचित्र ‘बुलबुल’ सन् २०१९ मा ओस्कारको अन्तर्राष्ट्रिय विधाका लागि नेपालबाट सिफारिस भएको थियो । उनले यही चलचित्रबाट ‘उत्कृष्ट निर्देशक’ बन्दै ‘राष्ट्रिय चलचित्र अवार्ड’ जितेका थिए ।

 

सम्बन्धित समाचार

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० पुष २४, १६: ४८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० पुष २४, १६: ४८

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० पुष २४, १६: ४८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...