क्यानले विज्ञप्ती मार्फत सन्दीप लामिछानेलाई क्रिकेटका सबै गतिविधिबाट निलम्बीत – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

क्यानले विज्ञप्ती मार्फत सन्दीप लामिछानेलाई क्रिकेटका सबै गतिविधिबाट निलम्बीत

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई क्रिकेटका सबै गतिविधिबाट निलम्बन गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले आज विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर गरेको भन्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गरेका छन् ।
विज्ञप्तीमा लामिछानेलाई घरेलु र अन्र्तराष्ट्रिय सबै किसिमका गतिविधिबाट पूर्व कप्तान लामिछानेलाई निलम्बन गरिएको उल्लेख छ ।
जिल्ला अदालत काठमाडौले सन्दीपलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।
हिजो गरिएको सजाय निर्धारणमा उनलाई ८ वर्ष कैदसहित ५ लाख जरिवाना र क्षतिपूर्तिको आदेश सुनाएको छ । सजाय निर्धारण लगत्तै सन्दीपले माथिल्लो अदालतबाट सफाइ नपाएसम्म क्रिकेटबाट अलग रहने घोषणा गरेका थिए । सोही बमोजिम आज क्यानले विज्ञप्ती मार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।

 

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० पुष २६, ११: १९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० पुष २६, ११: १९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० पुष २६, ११: १९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...