
काठमाडौँ । एसीसी वुमन्स प्रिमियर कप आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने भएको छ ।
एसियाली क्रिकेट काउन्सिल ९एसीसी०ले वर्ष २०२४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै महिला वुमन्स कपको मिति तय गरेको हो ।
टी–२० फर्म्याटमा हुने प्रतियोगितामा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, थाइल्याण्ड, युएई, हङकङ, चीन, म्यानमार, इन्डोनेसिया, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र मालदिभ्सले खेल्नेछन् ।
यस प्रतियोगिताको शीर्ष दुई टोलीले महिला एसिया कप टी–२० क्रिकेट खेल्न पाउनेछ ।
एसीसीले सार्वजनिक गरेको क्यालेन्डर अनुसार महिला एसिया कप जुलाईमा हुनेछ । जसमा भारत, पाकिस्तान, श्रीलङ्का र बंगलादेशसहित प्रिमियर कपका शीर्ष दुई टोली गरी कूल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालको महिला टोलीले पछिल्लो पटक गत सेप्टेम्बरमा मलेसियामै भएको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया रिजन क्वालिफायर खेलेको थियो ।
त्यसपछि नोभेम्बरमा हङकङमा चार देश सहभागी टी–२० सिरिज खेलेको थियो ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...