पत्रकारमाथि दुव्र्यवहार निन्दनीय: महासचिब बिष्ट – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

पत्रकारमाथि दुव्र्यवहार निन्दनीय: महासचिब बिष्ट

विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणलाई मध्यनजर गर्दै मुलुक यतिखेर लकडाउनको अवस्थामा छ । यस्तो विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुव्र्यवहार, हातपात, समाचार संकलनमा रोकलगायतका घटनाप्रति नेपाल पत्रकार महासंघका गम्भीर ध्यानाकर्षण भएको महासचिब रमेश बिष्टद्वारा बिज्ञप्तिमा उल्लेख छ।

महासंघको कर्णाली प्रदेश समितिका अनुसार चैत्र २४ गते सोमबार महासंघका प्रदेश सभासद तथा नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्यायलाइ समचारको विषयमा प्रतिक्रिया लिन खोज्दा कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारले गालीगलौज गर्दै धम्क्याएका छन् भने सुर्खेतस्थित जागरण एफएमका समाचार बाचक नन्द कठायतलाई रेडियोको कार्यालय जाँदै गर्दा प्रहरीले हातपात गरेका बिज्ञप्तिमा उल्लेख छ। यसैगरी चैत्र १६ गते महासंघको कर्णाली प्रदेश समिति सदस्य एवं अन्नपूर्ण पोष्ट दैनिकका कालीकोट संवाददाता विष्णप्रसाद न्यौपानेलाई समाचारको विषयलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट गालीगलौज गर्दै धम्की दिइएको उनले बताए।

त्यसैगरी, महासंघ धनकुटा शाखाका अनुसार चैत्र २४ गते जिल्ला प्रशासन कार्यालय धनकुटाको जिल्ला दैवी प्रकोप उद्धार कोषमा स्व. सूर्यबहादुर थापा फाउण्डेसनको संयोजनमा विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्ने कार्यक्रममा समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटा पुगेका महासंघ धनकुटा शाखाका निवर्तमान अध्यक्ष एवं हिमालय टाइम्स दैनिकका सम्वाददाता खगेन्द्रप्रसाद घिमिरे र कार्यसमिति सदस्य एवं हिमालयन टेलिभिजनका सम्वाददाता कविराज घिमिरेलाई स्थानीय प्रशासकको आदेशमा जिल्ला प्रशासन परिसरबाट अपमानजनक ढंगबाट बाहिर निकालिएको महासचिब बिष्टले जानकारी दिएका छन्।

त्यस्तै महासंघ धनकुटा शाखा उपाध्यक्ष एवं द धनकुटा हेराल्ड दैनिकका सम्पादक नगेन्द्र राई, शाखा सहसचिव एवं अन्नपूर्ण पोष्ट दैनिकका सम्वाददाता हरिबहादुर लम्जेल, रेडियो भेडेटारका स्टेसन प्रमुख पूर्णकुमार चौधरी, थाहा सञ्चार धनकुटा सम्वाददाता इश्वर थापालगायतलाई सुरक्षाकमीहरुले माथिको आदेश भन्दै समाचार संकलनमा रोक लगाउँदै जिल्ला प्रशासन परिसर बाहिर नै रोकेका थिए भने खिचिएको तस्वीर मेटाउन लगाएका थिए ।

यस्तो असहजताका बीच अनेकौ कठिनाई र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व बहन गरिरहेका पत्रकारमाथि कुनै पनि बहानामा आक्रमण, दुव्र्यवहार, धम्की, गालीगलौज, समाचार संकलनमा रोकलगायतका घटना हुनु आफैंमा निन्दनीय र आपत्तिजनक छ । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी पत्रकारलाई सही र सहजढंगबाट सूचना उपलब्ध गराउन र स्वतन्त्र, सुरक्षित एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न सम्बन्धित निकायसँग महासंघले माग गरेको महासचिब बिष्टद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७६ चैत्र २५, ११: १७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७६ चैत्र २५, ११: १७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७६ चैत्र २५, ११: १७

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...