लोकतान्त्रवादी वकिलहरुको १७ बुँदे आग्रह – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

लोकतान्त्रवादी वकिलहरुको १७ बुँदे आग्रह

काठमाडौ। लोकतन्त्रवादी कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशन (डिएलए)ले कोरोना भाइरस नियन्त्रणका लागि पर्याप्त प्रयास नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
लकडाउनले मात्र कोरोना नियन्त्रण हुन सक्छ भन्ने भ्रममा सरकार परेको देखिएको भन्दै एशोसिएशनकी महासचिव लक्ष्मीदेवी दाहाल रावलद्धारा जारी वक्तव्यमा सरकारलाई १७ बुँदे आग्रह गरिएको छ ।
दैनिक उपभोग्य सामान सर्वसुलभ गराउन र अनुगमन गर्न, किनबेचका क्रममा भएको भिड अन्त्य गर्न, राहत बितरणमा मिडियावाजी नगर्न, वास्तविक पिडितहरु पहिचान गरी राहत वितरण गर्न, कालोबजारीको अन्त्य गर्दै दोषीलाई कारबाही गर्न डिएलएले माग गरेको छ ।

त्यसैगरी कोरोनाको रोकथाममा खटिएका सुरक्षाकर्मीलाई अनावश्यक बल प्रयोग गरेरभन्दा पनि सालिन व्यवहार गर्न र ब्यवसायिक कर्तब्य भुलेका निजी अस्पताललाई कारबाही गर्न डिएलएले सुझाएको छ ।
साथै, अत्यावश्यक सेवा प्रदायक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, एम्बुलेन्स चालकलगायतलाई व्यक्तिगत सुरक्षा, बिमा, सेवा र सुविधामा बृद्धि गर्न, सीमानामा अलपत्र परेका नेपालीलाई तत्काल देश प्रवेश गराई स्वास्थ्य र सुरक्षाको ब्यवस्था गर्न वक्तव्यमा माग गरिएको छ ।
डिएलएले कैदी तथा बन्दीहरुलाई सामाजिक दुरी कायम राख्ने व्यवस्था गर्न, शर्त सहित वा शर्त रहित रिहाई, सजायँ स्थगितलगायतका ब्यवस्थापन गर्न पनि आग्रह गरेको छ ।

त्यस्तै, कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई घरमै पुगी परिक्षण गर्ने ब्यवस्था मिलाउन, आईसोलेसन र क्वारेन्टायनमा आधारभूत मापदण्ड पुरा गर्न पनि डिएलएले सरकारलाई सुझाव दिएको छ ।

लोकतन्त्रवादी वकिलहरुले सर्वोच्च अदालतबाट यही चैत २४ र २५ गते पछिल्लो परिस्थीतिका बारेमा भएका फैसला तत्काल कार्यान्वन गर्न, कानून ब्यवसायीहरु तथा संचारकर्मीहरुलाई परिचयपत्रको आधारमा सवारी साधन सहित आवतजावत गर्न दिन पनि माग गरेका छन् । विभिन्न धार्मिक, रितीरिवाज तथा परम्पराको नाममा जात्रा तथा पर्वहरुमा भिडभाड गरी लकडाउन तोड्ने सम्भावनालाई ख्याल राखी कडा निगरानी गर्न र चेकजाँचको दायरा बढाउने तर्फ डिएलएले सरकारको ध्यानाकर्षण गराइएको छ ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७६ चैत्र २९, २२: २१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७६ चैत्र २९, २२: २१

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७६ चैत्र २९, २२: २१

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...