
काठमाडौँ । जारी यू–१९ क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । बुधबार सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १९८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
पाकिस्तानको जितमा अजान अवैसले अविजित ६३ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै शामल हुसैन र शाहजैब खानले ३७–३७ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर आकाश चन्दले ३ विकेट लिएका थिए भने आकाश त्रिपाठी र दिपेश कँडेलले एक एक विकेट लिएका थिए ।
यसअघि समुह डी अन्तर्गतको खेलमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुँदै १९७ रन बनाएको थियो ।
नेपालका लागि विपिन रावलले सर्बाधिक ३९ रन बनाएका थिए । त्यस्तै दीपक डुम्रेले २६ रन बनाए भने कप्तान देव खनालले २३ रन बनाएका थिए । त्यस्तै गुलशन झाले १८, दिपेश कँडेलले १३, सुबास भण्डारीले २० रन बनाएका थिए । त्यस्तै अर्जुन कुमाल र आकाश त्रिपाठीले ६–६ रन बनाए भने उत्तम मगरले ४ तथा आकाश चन्दले अविजित १६ रन बनाएका थिए ।
यस खेलमा पाकिस्तानका बलरले २४ रन अतिरिक्त रन दिएका थिए ।
त्यसैगरी पाकिस्तानका बलर अराफात मिनहासले सर्बाधिक ३ विकेट लिएका थिए भने अहमद हुसैन र उबैद शाहले २–२ विकेट लिएका थिए । त्यसैगरी खुबैब खलिल, मोहमद जीशान र अलि असफन्डले एक एक विकेट लिएका थिए ।
यो जितसँगै पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ । समुह डी मा पाकिस्तान र न्यूजील्याण्डले २२ खेल जितेर सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
अब नेपालले जनवरी २६ मा अफगानिस्तानविरुद्ध खेल्ने छ । सो खेलको विजेता पनि सुपर सिक्समा पुग्ने छ ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...