पहिलोपटक कलेजो प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टोलीलाई ओलीको बधाई – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

पहिलोपटक कलेजो प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टोलीलाई ओलीको बधाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा नेपाली चिकित्सकको टोलीले पहिलोपटक कलेजो प्रत्यारोपण गर्ने सफलता पाएको छ।

आठ वर्षअघि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणका लागि विदेशी डाक्टर आउनुपर्ने बाध्यता थियो। कलेजो प्रत्यारोपणको नेतृत्व प्राध्यापक डा. रमेशसिंह भण्डारीले गरेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कलेजो प्रत्यारोपणको सफल नेतृत्व गरेका डा.भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिएका छन्।

उनीहरूले नुवाकोटका ४१ वर्षीय बिरामीलाई बिरामीकी श्रीमतीको कलेजो प्रत्यारोपण गरेका थिए । प्राध्यापक डा. भण्डारीका अनुसार कलेजो प्रत्यारोपित बिरामीका श्रीमान्–श्रीमती नै आज डिस्चार्ज भइसकेका छन्।

‘कलेजो प्रत्यारोपणको नेतृत्व गर्ने प्राध्यापक डा. रमेशसिंह भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिए। उनिहरूले नुवाकोटका ४१ वर्षीय बिरामीलाई बिरामीकी श्रीमतीको कलेजो प्रत्यारोपण गरेका थिए,’ ओलीले लेखेका छन्, ‘प्राध्यापक डा.भण्डारीले आज बताए अनुसार कलेजो प्रत्यारोपित बिरामीका श्रीमान्–श्रीमती नै आज डिस्चार्ज भइसकेका छन् । डा.भण्डारी र उनकाे टिमलाई यस सफलताका लागि  उनले बधाई दिए।’

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८० माघ १८, १३: ३०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० माघ १८, १३: ३०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० माघ १८, १३: ३०

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...