
काठमाडौं । कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
अस्पतालले कारागारमा रहेका ८१६ जना कैदीबन्दीहरुको आँखा जाँच गरेको हो । आँखा जाँच गरिएकामध्ये ५० प्रतिशत कैदीबन्दीहरुमा दृष्ट दोषको समस्या देखिएको छ । अस्पतालकी अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा.डा. सबिना श्रेष्ठका अनुसार ४०० जना कैदीबन्दीहरुमा दृष्ट दोषको समस्या देखिएको छ भने ९ जना मोतीबिन्दुका बिरामी भेटिएका हुन् ।
अस्पताल व्यवस्थापक दीपक बेहोराका अनुसार १४८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने शिविरमा भेटिएका ९ जना मोतीबिन्दुका बिरामीलाई अप्रेसनको सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ ।
‘सामान्यतः वर्षमा दुई पटक सबैले नियमित आँखा परीक्षण गर्नुपर्छ तर कारागारमा रहेका कैदीबन्दीहरु वर्षौँदेखि आँखा उपचारको पहुँचबाट टाढा रहेको थाहा पाएपछि हामीले वहाँहरूलाई आँखा स्वास्थ्यको पहुँचमा ल्याउन निःशुल्क शिविरको आयोजना गरेका हौ’ प्रा.डा. श्रेष्ठले भने।
प्रोफेशनल सपोर्ट सर्भिस नेपालको समेत सहयोगमा सञ्चालन गरेको उक्त शिविरमा प्रा.डा. श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा परीक्षण गरेका हुन् ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...