मधेशमा लागूऔषधको समस्यालाई जोड दिन गृहमन्त्री श्रेष्ठको निर्देशन – Naya Bikalpa
May 14, 2024, Tuesday

मधेशमा लागूऔषधको समस्यालाई जोड दिन गृहमन्त्री श्रेष्ठको निर्देशन

बर्दिबास । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले मधेस प्रदेशमा लागूऔषधको समस्या बढेको भन्दै त्यसको नियन्त्रणमा अलर्ट भएर काम गर्न निर्देशन दिएका छन् ।

उनले लागूऔषध नियन्त्रण र कारबाहीलाई कडा गर्न र त्यसविरुद्ध युवाहरुबीच सचेतना कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिए ।

बिहीबार महोत्तरीको बर्दिवासमा मधेशको सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि गृहमन्त्री श्रेष्ठले हरेक जिल्लामा सुधार केन्द्रहरु बनाउन समेत निर्देशन दिए ।

उनले त्यस्ता योजनाहरुमा प्रदेश सरकार र स्थानीय तहहरुसँग समेत समन्वय गरेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

त्यसक्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको समेत उनले जानकारी गराए । धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्किन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन थियो ।

मन्त्री श्रेष्ठले मधेशका अन्य समस्याहरु जस्तै सीमामा राजस्व चुहावट, क्रस बोर्डर क्राइमजस्ता विषयमा समेत संवेदनशील भएर काम गर्न निर्देशन दिए ।

मन्त्री श्रेष्ठलाई महोत्तरी र धनुषाका सिडिओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

सम्बन्धित समाचार

शंकरदेवमा क्याम्पस  प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
शंकरदेवमा क्याम्पस प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
  • २०८० माघ २५, १४: ०८

काठमाडौं। काठमाडौंको मुटुमा रहेको शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुख र स्वतन्त्र विद्यार्थी युनियनका सभापतिको मिलेमतोमा लाखौं रुपैयाँ अनियमितता गरेको खुलेको छ।...

दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
  • २०८० माघ २५, १४: ०८

काठमाडौं। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेको संलग्नता रहेको गुनासो आएपछि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले माग पुरा...

संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
  • २०८० माघ २५, १४: ०८

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरे गृहमन्त्री रवी लामिछानेको राजीनामा नमाग्ने निष्कर्षमा पुगेको छ। एमाले...