लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नियत खेदजनक – Naya Bikalpa
February 21, 2024, Wednesday
मिडिया काउन्सिल विधेयकप्रति छापामाध्यम समाजको गम्भीर आपत्ति

लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नियत खेदजनक

सरकारले प्रेस काउन्सिल ऐनको विकल्पमा प्रस्ताव गरेको मिडिया काउन्सिल विधेयकमा राज्यले छापा माध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको व्यवस्था हटाउन खोजेको भन्दै लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले गम्भीर आपत्ति प्रकट गरेको छ।
समाजका अध्यक्ष दामोदर प्रसाद दवाडीले विहीबार एक विज्ञप्ति जारी गर्दै प्रस्तावित विधेयकमा लोककल्याणकारी विज्ञापनबारे केही पनि व्यवस्था नगरेको र पत्र पत्रिका वर्गीकरण गर्ने समितिको व्यवस्था नरहेकोमा खेद प्रकट गर्दै विधेयक तत्काल रोकी पर्याप्त गृहकार्य, छलफल र सुझावपछि मात्र अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

अध्यक्ष दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘विवादास्पद र सञ्चार क्षेत्र मास्ने गरी ल्याउन लागिएको विधेयक नरोकेमा चरणबद्ध आन्दोलनमा जानुको विकल्प नरहेको’ चेतावनी दिइएको छ ।

‘लोककल्याणकारी विज्ञापन साना तथा स्वरोजगार संचारमाध्यमको मुख्य आर्थिक स्रोत हो । यसको इतिहास र राजनीतिक परिवर्तन ल्याउन दिएको महत्वपूर्ण योगदान सरकारले भुल्नु हुँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘पत्रपत्रिका र सञ्चार क्षेत्रको विकासका लागि विपी कोइरालाको पालादेखि लोककल्याणकारी विज्ञापन, अनुदान दिइदै आइएको छ । छापासहितका मिडिया अहिले चरम संकटमा छन् । त्यसैले यी मिडिया जोगाउने दायित्व सरकारले भुल्नु हुँदैन ।’

समाजले सरकारका पदाधिकारीले सो विधेयकका विषयमा दिएको अभिव्यक्ति भरपर्दो र विश्वासिलो नभई झारा टार्ने किसिमले आएको भन्दै काउन्सिलले बर्गिकरण समितिमा सञ्चार मन्त्रालयले गर्नु पर्ने मनोनयन रोकेर राख्दा बर्गिकरण रोकिएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ – आफू निकटका व्यक्तिहरुलाई सुविधा उपलब्ध गराउने उद्देश्यले पर्याप्त छलफल र अध्ययन बिनै यस्ता विधेयक अघि बढाइनु आपत्तिजनक छ । विज्ञापन अभाव भई सञ्चारमाध्यम सञ्चालनमा गाह्रो भएको बेला सरकारले सरोकारवाला पक्षहरुसँग गम्भीर छलफल र सुझाव लिनुको सट्टा जबर्जस्ती विधेयक पास गर्न खोज्नु खेदजन्य छ ।’

हेर्नुस् विज्ञप्ति –

सम्बन्धित समाचार

गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
  • २०८० माघ २५, १५: ४७

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिह केसीले ‘माफिया, बिचौलिया, कालोधनका धनपतिले सत्तामा बलियो पकड जमाएका छन्  । केसीले महासमिति बैठकमा...

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
  • २०८० माघ २५, १५: ४७

चितवन। बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत...

कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
  • २०८० माघ २५, १५: ४७

सुर्खेत । कर्णालीमा भिटामिनयुक्त चामल बिक्रि गरिने भएको छ । पौष्टिक तत्वको कमी हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा...