लहान । लहान–३ स्थित सगरमाथा चौधरी आँखा अस्पताल ४१ औँ वर्षमा प्रवेश गरेको छ। स्थापना भएदेखि अहिलेसम्म ७७ लाख ६९ हजार ११० बिरामीको उपचार गरेको छ। जसमध्ये ३१ लाख ८३ हजार २१ आँखाका बिरामीको शल्यक्रिया गर्न अस्पताल सफल भएको छ।
सन् १९८३ मा उपचार सुरु गरेको वर्षमा १७ हजार २४८ आँखाको बिरामी जाँच गरेको थियो भने एक हजार ६३१ आँखाका बिरामीहरूको शल्यक्रिया गरेको अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिए।
उनको अनुसार कोरोना सङ्क्रमण कालमा बिरामीको कम भएको थियो। कोरोना नियन्त्रण भएपछि सन् २०२२ मा सबैभन्दा बढी छ लाख ६७ हजार बिरामीले उपचार गराएका छन्।
६३ हजार २२३ आँखाका बिरामीको शल्यक्रिया गरिएको थियो। सन् २०२३ मा आँखा अस्पताल तथा यस अन्तर्गत रहेका आँखा तथा कान उपचार केन्द्र समुदाय स्तरमा शिविर, विद्यालय जाँच तथा घरदैलो बिरामीका आँखा तथा कान जाँच सञ्चालन गरी पाँच लाख ७७ हजार ३९६ बिरामीको उपचार र ६२ हजार ५७७ बिरामीको शल्यक्रिया गरिएको छ।
सन् २०२३ मा समुदाय स्तरमा ९६ वटा आँखा शिविर सञ्चालन गरेर २५ हजार ०६४ बिरामीको आँखा परीक्षण गरेर पाँच हजार ६४० बिरामीको निःशुल्क आँखाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सञ्जय सिंहले जानकारी दिए।
सप्तरी जिल्लामा विद्यालय आँखा परीक्षण कार्यक्रम अन्तर्गत १३५ वटा विद्यालयबाट २३ हजार ४२३ जना बालबालिकाको आँखा परीक्षण गरेको बताए।
उनका,‘अनुसार अस्पतालमा मात्रै आँखा बिरामीको जाँच तथा उपचार ३४ लाख २२५ र कानको शल्यक्रिया चार हजार ६१० जना बिरामीको गर्न सफल भएको छ।’
सगरमाथा चौधरी आँखा अस्पतालले लहानको पहिचान अन्तर्राष्ट्रिय जगतमा समेत विस्तार गरेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताए।
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...