
काठमाडौं । नेपाली काग्रेसको काठमाडौ जिल्ला प्रदेश क्षेत्रीय सभापतिहरुको भेलाले संगठन सुधार र गतिशीलताका लागि प्रदेश क्षेत्रिय सभापतिहरुको फोरम निर्माण गरेको छ।
भेलाले काठमाडौं जिल्ला क्षेत्र नम्व ८ ‘ख’ का सभापति शिब कुमार खनालको नेतृत्वमा फोरम गठन गरेको हो। जिल्लाका २० जना प्रदेश क्षेत्रीय सभापतिका सभापतिमध्ये १६ जनाको उपस्थिति थियो।
खनालको संयोजकत्वमा साझा अबधारणा कार्य ब्यबस्था समिति गठन गरिएको छ । पाँच सदस्यीय नीति महाधिवेशन महासमिति बैठकका लागि बिधान संशोधन समितिमा सुझाब पेश गर्न शिव कुमार खनाललाई संयोजक तोकिएको छ।
भेलालले सुझाव पेश गर्ने समितिको सदस्यहरुमा काठमाडौं ३ ‘क’का सभापति श्रीराम चालिसे, ५ ंक’ का सभापति रमेश डंगोल, ६ ंख’ का सभापति बिष्णुभक्त तिमिल्सिना, ९ ‘ख’ का सभापति मोहन बहादुर बस्नेतलाई चयन गरेको छ।
क्षेत्रिय सभापतिहरुको सो भेलाले सहमति, सहकार्य, एकतासहितको साझा अबधारणा सहितको संगठन निर्माण र निर्णय गर्ने सहमति भएको छ।

नेपाली काग्रेस काठमाडौ जिल्ला क्षेत्रीय प्रदेश सभापतिहरुले संगठन सुधार र गतिशीलताका लागि क्षेत्रीय प्रदेश सभापतिहरुको फोरम निर्माण गरेको जनाएका छन्।
महासमिति बैठकभन्दा अगाडि बिधान संसोधनमा बैज्ञानिक सुझाब दिने उदेश्य एबम निरन्तर संबाद, एकता, सहकार्य र साझा अबधारणा बनाउन यस्ता भेलाले बिशेष महत्व राख्ने देखिन्छ ।

क्षेत्रपाटी पार्टी प्यालेसमा भएको सो भेलाले नीति महाधिवेशनको रुपमा लिइएको महासमिति बैठकलाई थप गतिशिल बनाउने विश्वास गरिएको छ। यही फागुन ७ देखि १० गतेसम्म कांग्रेसको महासमिति बैठक ललितपुरको गोदाबारीमा हुँदैछ।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...