काठमाडौंमा प्रदेश क्षेत्रिय सभापति फोरम गठन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काठमाडौंमा प्रदेश क्षेत्रिय सभापति फोरम गठन

काठमाडौं । नेपाली काग्रेसको काठमाडौ जिल्ला प्रदेश क्षेत्रीय सभापतिहरुको भेलाले संगठन सुधार र गतिशीलताका लागि प्रदेश क्षेत्रिय सभापतिहरुको फोरम निर्माण गरेको छ।

भेलाले काठमाडौं जिल्ला क्षेत्र नम्व ८ ‘ख’ का सभापति शिब कुमार खनालको नेतृत्वमा फोरम गठन गरेको हो। जिल्लाका २० जना प्रदेश क्षेत्रीय सभापतिका सभापतिमध्ये १६ जनाको उपस्थिति थियो।

खनालको संयोजकत्वमा साझा अबधारणा कार्य ब्यबस्था समिति गठन गरिएको छ । पाँच सदस्यीय नीति महाधिवेशन महासमिति बैठकका लागि बिधान संशोधन समितिमा सुझाब पेश गर्न शिव कुमार खनाललाई संयोजक तोकिएको छ।

भेलालले सुझाव पेश गर्ने समितिको सदस्यहरुमा काठमाडौं ३ ‘क’का सभापति श्रीराम चालिसे, ५ ंक’ का सभापति रमेश डंगोल, ६ ंख’ का सभापति बिष्णुभक्त तिमिल्सिना, ९ ‘ख’ का सभापति मोहन बहादुर बस्नेतलाई चयन गरेको छ।

क्षेत्रिय सभापतिहरुको सो भेलाले सहमति, सहकार्य, एकतासहितको साझा अबधारणा सहितको संगठन निर्माण र निर्णय गर्ने सहमति भएको छ।

नेपाली काग्रेस काठमाडौ जिल्ला क्षेत्रीय प्रदेश सभापतिहरुले संगठन सुधार र गतिशीलताका लागि क्षेत्रीय प्रदेश सभापतिहरुको फोरम निर्माण गरेको जनाएका छन्।

महासमिति बैठकभन्दा अगाडि बिधान संसोधनमा बैज्ञानिक सुझाब दिने उदेश्य एबम निरन्तर संबाद, एकता, सहकार्य र साझा अबधारणा बनाउन यस्ता भेलाले बिशेष महत्व राख्ने देखिन्छ ।

क्षेत्रपाटी पार्टी प्यालेसमा भएको सो भेलाले नीति महाधिवेशनको रुपमा लिइएको महासमिति बैठकलाई थप गतिशिल बनाउने विश्वास गरिएको छ। यही फागुन ७ देखि १० गतेसम्म कांग्रेसको महासमिति बैठक ललितपुरको गोदाबारीमा हुँदैछ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन ३, १६: ३२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन ३, १६: ३२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन ३, १६: ३२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...