
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपैयाँको कमिसन डिल गरेको विषयमा अनुसन्धान भइरहेको बताएका छन्।
संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले विगतमा समितिले दिएको निर्देशन बमोजिम नै सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको बताए।
पर्याप्त प्रमाण नभएसम्म कसैलाई पनि दोष ठह¥याएर (मुद्दा) लैजान नहुने उनको तर्क थियो।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ कमिसनको डिल गरेको अडियो २०७६ फागुनमा सार्वजनिक भएको थियो। यो विवादपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...