महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा

कञ्चनपुर । सुदूरपश्चिम पहिलो पटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ ।

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा.इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलो पटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरु भएको हो ।

‘ महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टले भने,’अस्पतालमा पहिलो पटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ आएका छन् ।

बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरी निको पार्न सकिन्छ ।’रक्तरोग विशेषज्ञ डा. ढकालले बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव रहे पनि बाल क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न कठिन हुने बताए ।

‘वयस्कहरूले धूम्रपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ’, उनले भने, ‘बालबालिकामा हुने क्यान्सर अलि फरक छ, वयस्कलाई झैँ रोकथामका उपाय अपनाउन सकिँदैन ।’ उनका अनुसार बालबालिकामा रक्त क्यान्सर (ब्लडक्यान्सर), ग्रन्थी आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् । सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने तर ज्वरोको कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखा पर्ने गर्छ ।

उनले क्यान्सरका बिरामी अन्तिम समयमा अस्पतालमा पुग्ने गरेका कारण उपचारका कठिनाइ हुने गरेको बताए। ‘ क्यान्सरका बिरामी ढिलोगरी अस्पतालमा उपचारका लागि आउने गरेका छन्’, डा ढकालले भने, ‘समयमै उपचार गर्न सके क्यान्सर निको पार्न सकिन्छ ।’ महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभावले क्यान्सरको उपचार सम्भव नभए पनि क्यान्सरको पहिचान गरी समयमै उपचार गर्न सके यसको निदान सम्भव रहेको उनले बताए ।

प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले पछिल्लो समय अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएको बताए । ‘अस्पतालमा २८ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले १३ विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन्’, उनले भने, ‘अस्पतालले गाइनो लगायतका विशेषज्ञ सेवा थप्दै छ ।’ पछिल्लो समय अस्पतालले डायलायसिस सेवासमेत सुरु गरेपछि यहाँका सेवाग्राहीलाई सहज भएको छ ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०८० फाल्गुन १६, १०: ४४

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० फाल्गुन १६, १०: ४४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० फाल्गुन १६, १०: ४४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...