दक्षिण कोरियामा हजारौं डाक्टर हड्तालमा, काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

दक्षिण कोरियामा हजारौं डाक्टर हड्तालमा, काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी

काठमाडौं । दक्षिण कोरियाको सरकारले काम नफर्किने डाक्टरलाई नियन्त्रणमा लिएर लाइसेन्स रद्द गर्ने चेतावनी दिएको छ । डाक्टरको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित भएको भन्दै सरकारले आजदेखि काममा फर्कन डाक्टरहरुलाई अल्टिमेटम दिएको हो ।

सरकारको आग्रहलाई अटेर गरे प्रदर्शन स्थलबाटै डाक्टरलाई नियन्त्रणमा लिएर जेल हाल्ने सरकारको तयारी छ । हजारौं जुनियर डाक्टरहरु अस्पताल छोडेर बाहिरिएका छन् । मुलुकभरका करिब तीन चौथाई कनिष्ठ डाक्टरहरूले गत हप्तादेखि काम छोडेको बीबीसीले जनाएको छ ।

उनीहरुको आन्दोलनका कारण प्रमुख शिक्षण अस्पतालमा शल्यक्रियामा अवरोध र ढिलाइ भएको छ । तलबबृद्धि र डाक्टरको संख्या बढाउनुपर्ने भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् ।

वृद्ध जनसंख्याको चाप बढ्दै जाँदा एक दशकपछि स्वास्थ्यकर्मीको अभाव झनै बढ्ने सरकारी आँकलन छ । डाक्टरहरुले काम छोडेपछि दक्षिण कोरियाको स्वास्थ्य सेवा अस्तव्यस्त भएको छ ।

 

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०८० फाल्गुन १७, ११: ०९

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० फाल्गुन १७, ११: ०९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० फाल्गुन १७, ११: ०९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...