हमास आक्रमणमा मारिएका १० नेपालीका परिवारलाई आजीवन भत्ता – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

हमास आक्रमणमा मारिएका १० नेपालीका परिवारलाई आजीवन भत्ता

काठमाडौँ । अक्टोबर ७ मा इजरायलमा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय गरेको छ ।

हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिने इजरायल सरकारको निर्णय छ । इजरायलका राजदूत हनान गोदरले मृतकका परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने प्रष्ट पारे ।

विद्रोही हमासको आक्रमणद्वारा इजरायलमा कृषि बढ्न गएका विद्यार्थीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेहहरुमा घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी ६ बझाङका गणेशकुमार नेपाली, बौनिया ३ कैलालीका आशिष चौधरी,

लेकम ५ दार्चुलाका दीपेशराज विष्ट, सपही ६ धनुषाका आनन्द साह, मधुवन १ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली ३ डोटीका राजन फुलरा,

लमिखल ८ डोटीका पदम थापा, शारदा ३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन ४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् । उनीहरूको परिवारले आजीवन भत्ता पाउने भएका छन् ।

सम्बन्धित समाचार

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८० चैत्र १, २१: २८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र १, २१: २८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८० चैत्र १, २१: २८

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...