काठमाडौं । देशका विभिन्न स्थानमा भएको आगलागिबाट क्षती भएको छ । भोजपुरमा मानवीय क्षती भएको छ भने अत्य स्थानमा घरगोठ जलेका छन् ।
हतुवागढी गाउँपालिका वडा नम्बर ७ पात्लेपानी पिप्लेमा आगलागी हुँदा एकाघरका ३ बालबालिकाको मृत्यु भएको छ । साँझ साढे ५ बजेतिर खोल्मामा लागेको आगोबाट धनबहादुर कार्कीका २ नाती र एक नातिनीको ज्यान गएको प्रहरीले जनाएको छ ।
जलेर केदार कार्कीको छोरा ४ वर्षीय प्रनिश र रमेश कार्कीकी ५ वर्षीया छोरी दीपशिखा साथै अढाई वर्षीय छोरा द्युनिश कार्कीको मृत्यु भएको हो ।
यसैगरी काठमाडौंको टोखा नगरपालिका–७ ढुङगेधारास्थित कपडाको गार्मेन्टमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा तयारी कपडा र मेसिन जलेर करिब २ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
उदयपुरको रौतामाई गाउँपालिका–३ भोर्लेनीस्थित सामुदायिक जंगलमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ६ जनाको घर तथा घरमा रहेको विभिन्न सरसामान जलेर करिब ४५ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...