रवि लामिछानेलाई गृहमन्त्री अस्वीकार गर्दै कांग्रेसले आज संसद अवरोध गर्ने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

रवि लामिछानेलाई गृहमन्त्री अस्वीकार गर्दै कांग्रेसले आज संसद अवरोध गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बैठक बोलाइएको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गर्ने भएको छ।

यसअघि पनि निरन्तर अवरोधका कारण केही दिन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् । आजको बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजकै बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची राखिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएसम्म बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएको छ।

सत्ता समीकरण बनेर मन्त्रिपरिषद् पुनर्गठन भएपछि कांग्रेसले सदन अवरुद्ध गर्दै आइरहेको छ।

सम्बन्धित समाचार

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८० चैत्र ४, ०९: १४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८० चैत्र ४, ०९: १४

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र ४, ०९: १४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...