नर्सिङ लाइसेन्स परीक्षामा ३० प्रतिशत फेल – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

नर्सिङ लाइसेन्स परीक्षामा ३० प्रतिशत फेल

काठमाडौं । हिजो भएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा ३० प्रतिशत फेल भएका छन् ।

नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत मात्र उत्तीर्ण भएका हुन् ।

पीसीएल तर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

यस्तै बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना (६०.२२ प्रतिशत) उत्तीर्ण भएका परिषद्का रजिस्ट्रार शुक्ला खनालले बताए ।

दुवै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको छ ।

परिषद्ले लिएको यो पीसीएल तर्फको ३५ औं नाम दर्ता परीक्षा हो भने बीएस्सी तर्फ पाँचौँ नाम दर्ता प्रमाणपत्र परीक्षा हो ।

 

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०८० चैत्र ४, १२: ५३

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र ४, १२: ५३

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० चैत्र ४, १२: ५३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...