
काठमाडौ। काठमाडौं जिल्लाको उत्तर–पश्चिममा फैैलिएको इंचगु, सीतापाइला, रामकोट, भीमढुंगा, स्यूचाटारदेखि कलंकीसम्मको भौगोलिक क्षेत्रफलमा फैलिएको नागार्जुन नगरपालिकाको वडा नम्वर– ७ स्थित गोतामेथोक चारदोवाटोबाट सार्वजनिक यातायात संचालन हुन थालेको छ ।
नगरपालिको १० वटा वडाहरुमध्ये भौगोलिक आधारमा ठुलो र विकासका पुर्वाधारहरु सबै पुरा नभईसकेको अवस्था साविक रामकोट गोताथोकसम्म पिच सडक नभए पनि ७ नम्वर वडाका वडा अध्यक्ष शैलेन्द्र लामा र राष्टिय सार्वजनिक यातायात प्रालिका अध्यक्ष नर बहादुर श्रेष्ठबीच माईक्रोबस संञ्चालन गर्ने सहमती भएको हो ।
सहमतिबमोजिम गोतामथोक चारदोवाटोदेखि रत्नपार्कसम्म चैत्र १ गतेदेखि सार्वजनिक यातायात प्रालिद्वारा दसवटा माईक्रोवस संचालनमा आएको हो । माईक्रोवस प्रत्येक आधा–आधा घण्टामा छुट्दै आएका छन् ।
गोतामथोकबाट स्युचाटार, कलंकी मकालु पेट्रोलपम्पबाट वालाजु हुँदै रत्नपार्क पुगेर सोही रुटबाट फर्किने गरेका छन् । जसले गर्दा कालीमाटी, टेकु, त्रिपुरेस्वर तथा थापाथलीका यात्रुहरुको सुविधाका लागि तत्काल ‘रुट परमिट’का लागि नगरपालिकाले बस संञ्चालकहरुलाई पत्राचार गरेको बडा अध्यक्ष शैलेन्द्र लामाले बताए।
यही चैत्र १ गतेदेखि एक सञ्चालनमा आएको माईक्रो वस सेवाको वडा सचिव सुभा केसीले नयाँ विकल्पलाई वताईन। बस संञ्चालन शुभारम्भ कार्यक्रमको सभापतित्व वडाध्यक्ष शैलेन्द्र लामाले गरेका थिए।
माईक्रो सेवा शुभारम्भ कार्यक्रममा नगरका ९ नम्वर वडा अध्यक्ष रामकृण भट्टराई १० नम्वर वडाअध्यक्ष सुन्दरवहादुर केसी, नेपाल वाणी मिडिया गु्रप प्रालिका अध्यक्ष दामोदर प्रसाद दवाडी, एमाले नागार्जुन नगरका अध्यक्ष नन्दनहरि गौतम, पूर्ववडाध्यक्ष रमेसप्रसाद गौतम, सार्वजनिक यातायात प्रालिका अध्यक्ष नरबहादुर श्रेष्ठ, कांगेस स्युचाटार ७ नम्वर वडा समिति सभापति उज्वल दवाडी, विभिन्न दलका प्रतिनिधि, महिला समुह क्लब, स्थानिय बासिन्दाको उपस्थिति थियो।

कार्यक्रममा उपस्थित वक्ताहरुले वस संचालनमा कुनै समस्या आएमा समाधान गरी माईक्रो सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गरे। उक्त माईक्रो वस संचालकहरुले भाडा दर २० रुपैयाँदेखि ५० रुपैयाँसम्म कायम गरेको छन्।
जसअनुसार माइक्रो बसले गोदामथोक चारदोबाटोदेखि स्युचाटारसम्म २० रुपैयाँ, गोदामथोक चारदोबाटोदेखि मकालु पम्प कंलकीसम्मको २५ रुपैयाँ, गोदामथोक चारदोबाटोदेखि सीतापाईला, छाउनी, भगवानपाउसम्मको ३० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, चारदोबाटोदेखि चमती, नयाँबजार र सोह्रखुट्टेसम्मको ३५ रुपैयाँ, लैनचौर जमलसम्मको ४० रुपैयाँ र रत्नपार्क तथा एनएसीसम्मको ५० रुपैयाँ कायम गरिएको वडा सचिव सुभा केसीले नयाँ विकल्प डटकमलाई बताईन।

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...