
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आज पक्राउ गरेको छ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको आधारमा प्रहरीले आज उनलाई कपिलवस्तुबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक भीम ढकालअनुसार उनलाई कपिलवस्तुबाट पक्राउ गरी आजै काठमाडौं ल्याइदैछ ।
जाँचबुझ आयोगको सिफारिसका आधारमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रबि लामिछानेले हिजो मात्र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगले दोषी ठहर्याएका महरासहितलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...