माओवादी उपाध्यक्ष महरा पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

माओवादी उपाध्यक्ष महरा पक्राउ

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आज पक्राउ गरेको छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित  जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको आधारमा प्रहरीले आज उनलाई कपिलवस्तुबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता  प्रहरी अतिरिक्त महानिरीक्षक भीम ढकालअनुसार उनलाई कपिलवस्तुबाट पक्राउ गरी आजै काठमाडौं ल्याइदैछ ।

जाँचबुझ आयोगको सिफारिसका आधारमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रबि लामिछानेले हिजो मात्र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगले दोषी ठहर्याएका महरासहितलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ५, ११: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र ५, ११: १८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ५, ११: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...