काठमाडौँ । सुन तस्करले हङकङमा पैसा पठाएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलको वाल्डो क्यासिनोमाथि अनुसन्धान गरेको छ ।
अनुसन्धान गरेपनि वाल्डोका सञ्चालकविरुद्ध मुद्दा दायर नभएपछि सुन तस्करी जाँचबुझ आयोगले सीआईबीको अनुसन्धानमाथि प्रश्न उठाएको छ । ब्युरोले वाल्डो क्यासिनोको विवरण सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगलाई नदिएको खुलासा भएको हो ।
जाँचबुझ आयोगले वाल्डो क्यासिनोबाट बरामद सीसीटीभी फुटेज र कम्प्युटरेको विवरण जाँचबुझका लागि माग्दा नपाएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । रिपोर्ट सीआईबीले आयोगलाई नदिएको गृह मन्त्रालयका उच्च अधिकृतले बताए ।
जाँचबुझ आयोगले सुन तस्करीमा ‘वाल्डो कनेक्सन’बारे थप अनुसन्धान गर्न सिफारिस गरेको छ । चिनियाँ ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ वाल्डोमा खेल्न गइरहन्थे । पुचेङलाई भदौ १ मा सिआईबीले पक्राउ गरेको थियो ।
सुन तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका ‘एलेक्स’ ले वाल्डो क्यासिनोमार्फत अनधिकृत रूपमा रकम हङकङ पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले बताए । छाया सेन्टरमा सञ्चालित वाल्डो मार्फत ‘हुन्डी कारोबार’को शैलीमा एलेक्सले सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ ।
सुन तस्करी प्रकरण अनुसन्धानमा लापरबाही गरेको भन्दै आयोगले सीआईबीकी तत्कालीन प्रमुख किरण बज्राचार्य, डीएसपी रुगम कुँवरसहित ४ जनालाई विभागीय कारबाहीको सिफारिस गरेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...