अमेरिकमा जीवित बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण – Naya Bikalpa
July 24, 2024, Wednesday

अमेरिकमा जीवित बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

 

न्युयोर्क। अमेरिकामा एक जीवित बिरामी माथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

म्यासुचेटस जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्ति माथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन ।

प्रत्यारोपणका लागि प्रयोग गरिएको सुँगुरको मिर्गौलाबाट हानिकारक जीन हटाएको र निश्चित मानव जीन थप्न आनुवंशिक रूपमा थपिएको अस्पतालले जनाएको छ।

अस्पतालले भन्यो कि ‘बिरामी म्यासाचुसेट्सका रिचर्ड स्लेम्यानको उपचार पछि निको भैरहेको छ र छिट्टै डिस्चार्ज हुने अपेक्षा गरिएको छ।’

उनीहरूलाइ सो मिर्गौला प्रत्यारोपण गर्नका लागि चार घण्टाको शल्यक्रिया समय लागेको थियो।

सो अस्पतालको विज्ञप्ति अनुसार ‘विरामीहरूलाई थप सजिलैसँग उपलब्ध अंगहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसेढुङ्गा हो।’

अंगको अभाव विश्वभरि एक पुरानो समस्या हो र बोस्टनका अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपणको लागि प्रतिक्षा सूचीमा १४ सय भन्दा बढी बिरामीहरू रहेका छन् ।

शल्यक्रिया गर्ने टोलीका सदस्य डा.तात्सुओ कावाईले भने, ‘हाम्रो आशा छ कि यो प्रत्यारोपण दृष्टिकोणले मिर्गौला फेल भएका विश्वका लाखौं बिरामीहरूलाई जीवन रेखा प्रदान गर्नेछ।’

प्रत्यारोपणका लागि प्रयोग गरिएको सुँगुरको मिर्गौलाबाट हानिकारक जीन हटाएको र निश्चित मानव जीन थप्न आनुवंशिक रूपमा थपिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार ‘बिरामी म्यासाचुसेट्सका रिचर्ड स्लेम्यानको उपचार पछि निको भैरहेको छ र छिट्टै डिस्चार्ज हुने अपेक्षा गरिएको छ।’

मधुमेह र उच्च रक्तचापबाट पीडित स्लेम्यानले २०१८ मा मानव मृगौला प्रत्यारोपण गराएका थिए तर पाँच वर्षपछि असफल हुन थालेपछि उनी डायलासिसमा रहेका थिए ।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८० चैत्र १२, १०: ४०

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८० चैत्र १२, १०: ४०

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८० चैत्र १२, १०: ४०

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...