
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको सोमबारको फैसलाप्रति आशंका गरेका छन् ।
उक्त फैसलाको हालसम्म संक्षिप्त रुप पनि नआएकाले यसबारे अनेक आशंका देखिएको भन्दै केसीले अराजकतालाई बल पुर्याउन सक्ने आशंका गरेका हुन् ।
‘सो फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्यो र (चिकित्सा शिक्षा) आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्नेछ र आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुनेछ’, केसीले मंगलबार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘यही संदिग्ध अर्थ लाग्ने फैसालामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन ।’
सोमबार सर्वोच्चका न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंले आफ्नो बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश माग गर्दै दिएको रिट निवेदनमा रिट जारी हुने आदेश दिएको छ । यद्यपि फैसलाको संक्षिप्त लिखित रुप सार्वजनिक नभएकाले आदेशमा के लेखिएको छ भन्ने प्रष्ट छैन ।
संदिग्ध अर्थ लाग्ने फैसालामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा स्वीकार्य नहुने पनि उनले बताएका छन् । ‘ऐन अनुसारको सबै मापदण्ड र प्रक्रिया पुर्याएर गरिने कुनै पनि काममा हामीलाई कुनै आपत्ति छैन भनेर हामीले बारम्बार भन्दै आएका छौं’, केसीले भनेका छन् ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...