गृहमन्त्रीज्यू, सुनकाण्डमा सचिवालय नै संलग्न छ भनिन्छ, सकिन्छ? – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
गृहमन्त्रीलाई सांसद थानीको प्रश्न

गृहमन्त्रीज्यू, सुनकाण्डमा सचिवालय नै संलग्न छ भनिन्छ, सकिन्छ?

काठमाडौं । पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सांसद हृदयराम थानीले सुनकाण्डमा सचिवालयकै व्यक्तिहरु पनि संलग्न भएको कुरा वाहिर आएकाले छानबिन निष्पक्ष हुन सक्छ भनी गृहमन्त्री रबी लामिछानेसँग प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बुधबार वसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लामिछानेलाई प्रश्न गर्दै सांसद थानीको प्रश्न थियो– ‘गृहमन्त्रीज्यू, सवै कालखण्डका भ्रष्टाचारको फाइल खोल्छु भन्नु हुन्थ्यो, यो सबै कालखण्ड भनेको कहिलेदेखिको हो? सचिवालय नै संलग्न छ भनिन्छ के सक्नु होला?’

सांसद थानीले सबै कालखण्डको भ्रष्टाचारको फाईल खोल्ने हो भने यति, वाईडबडी, ओम्नी, सुनकाण्डदेखि शरणार्थी काण्डसम्म छानबिन गर्न आग्रह गरे।

‘भ्रष्टाचार गर्नेलाई त्यसै छाड्दैनौं भन्नुहुन्थ्यो। त्यो भनेको पकड्दै छाड्दै ग र्ने हो?’, सांसद थानीको प्रश्न थियो, ‘राज्यको पनि करुण हुन्छ भन्दै हुनुहुन्थ्यो, राज्यले यस्ता काण्डमा करुणा राख्दै जाने हो भने मुलुक कहाँ पुग्छ?’

थानीले अघिल्लो पटक गत वर्ष गृहमन्त्री बन्नासाथ निर्मला पन्तको हत्याको छानबिन गर्छु भने पनि हालसम्म कुनै दोषी पत्ता नलागेको भन्दै प्रतिवद्धता जनाएको कुरा पुरा गर्न सम्झाए।

थानीको चेतावनी थियो, ‘जसरी हाल पड्किनु भएको छ, काम गर्न सक्नु भएन भने त्यो भन्दा बढी हामी पड्किन्छौं।’

समिति बैठकमा सांसद सर्वेन्द्रनाथ शुक्लाले गृहमन्त्रालयले नेपाल र भारत सीमा क्षेत्रमा निगरानी बढाइएको र कडा गरिएको भनेर नागरिकमाथि सहन नसक्ने गरी दुःख दिएको गुनासो गरे।

उनले भने, ‘अहिले भारतबाट एक केजी चिनी र एक केजी मिठाईको पोका ल्याए पनि प्रहरीले खोसेर फ्याक्ने गरेको छ । वितगमा एक बोरासम्म मल ल्याउँदा कुनै अवरोध थिएन ।’ सांसद शुक्लाले अहिले राति राति लाईन खुल्ने नाममा ट्रकका ट्रक सामान वसार प्रसार हुने गरेको दाबी गरे।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८० चैत्र १४, १६: ३६

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८० चैत्र १४, १६: ३६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८० चैत्र १४, १६: ३६

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...