
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले दुर्गा प्रसाईँलाई स्वचालित हतियारसहितको लाइसेन्स कसले दियो भनी गृह प्रशासनसँग प्रश्न गरेका छन्।
प्रतिनिधिसभा सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थिति गृहमन्त्री रबी लामिछाने र गृहसचिव लगायतकालाई प्रश्न गर्दै ‘यति धेरै गोलीगठ्ठा बोक्ने दुर्गा प्रसाइँलाईलाई स्वचालित हतियारको लाइसेन्स कसले दिएको हो?’ भने ।
श्रेष्ठले हतियारको लाईसेन्स छ भन्दै दुर्गा प्रसाईँले वोकेको स्वचालित हतियारले भोली मानिसहरु हताहत भएमा आफू गृहमन्त्री रबी लामिछानेको राजिनामा माग्न बाध्य हुने बताए।
उनले भने, ‘त्यस्तो स्वचालित हतियार बोक्नेले भर्खरै रसियामा स्वचालित बन्दुकधारीले नाइट क्लवमा मच्चाएको नरसंहारको सिको गर्यो भने नेपालमा कसैको हताहत भएमा नैतिकताको आधारमा गृहमन्त्रीको राजिनामा माग्न आफू बाध्य हुने चेतावनी दिए।
एउटा साधरण व्यक्तिलाई स्वचालित हतियार र यतिबिघ्न गोलीगठ्ठा बोकेर हिँड्न दिने विषय ख्याल ठट्टाको विषय नभएको उनले बताए।
अर्को एक प्रसंगमा श्रेष्ठले ठमेल क्षेत्रमा रात्रिकालिन व्यवसायको नाममा स्थानीय वासिन्दाको सल्लाह र अनुमति विना कुनै निर्णयमा पुग्न हतार नगर्न गृहमन्त्रीको ध्यानाकर्षण समेत गराए। उनले रात्रिकालिन व्यवसाय भनेर आफूले नबुझेको भन्दै व्यवसाय र रोजगारी बढ्ने नाममा विकृति र सुरक्षा चुनौतिलाई पनि ख्याल गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए।
उनले आफूभन्दा जोसिलो सत्ता पक्षको मन्त्रीले विपक्षीले सदन चल्न ४ वर्षसम्म नदिए पनि हामी सरकार चलाउँछौं भन्नु र विपक्षीले सत्तामा बस्ने छट्टुहरु धेरै भयो भनेर नकारात्मक अभिव्यक्ति दिएर जनतामा राजनीतिप्रति झन वितृष्णा पैदा हुँदै गरेको गुनासो गरे।
‘आमनागरिक यतिवेला राजनीतिक दलहरुसँग सन्तुष्ट छैनन् र सरकारसँग विश्वास गर्न सकिरहेका छैनन्, ‘श्रेष्ठले भने, ‘देश कसले विगार्यो भनेर एकले अर्कोलाई दोष दिनुभन्दा देशलाई कसरी सुधार्ने भन्नेतर्फ ध्यान जान जरुरी छ।’
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...