
काठमाडौं। गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री रबी लामिछानेले भ्रष्टाचार र अनियमिततामा संलग्न जो कोहीलाई राजनीतिक पूर्वाग्रहबेगर अनुसन्धान गर्दा नियन्त्रणमा लिएकालाई बिनाकारण नछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री लामिछानेले कसैलाई त्यतिकै छाडिन्न भन्दै पूर्वउपसभामुख महराको नाम नलिएरै हाँजिरी जवानीमा छाडिएको बताए।
‘बिनाकारण कसैलाई छाड्न प¥यो भने पहिले मै छाड्छु’, गृहमन्त्री लामिछानेले बैठकमा भने, ‘जुनसुकै सरकारको जुनसुकै कालखण्डका भ्रष्टाचारको फायल विना पूर्वाग्रह खोलिने र दलिय स्वार्थभन्दा माथि उठेर काम गर्ने विश्वास दिलाउन चाहन्छु।’
मिडियामा आएका विषयहरुमा तथ्य जाँच नगरीकन छलफलका लागि समितिमा नबोलाउन समितिका सदस्य र सभापतिलाई गृहमन्त्री लामिछानेले बैठकमा दबाब पनि दिए।
उनले मिडियामा आएका सूचनाकै आधारमा समितिमा छलफलको लागि वोलाइएमा समितिको गरिमा बढ्न नसक्नेसम्म भन्न भ्याए।
गृहमन्त्रीले पोखराको सूर्यदर्शन सहकारीमा आफ्नो हस्ताक्षर, निवेदन र केवाईसी पनि नरहेको भन्दै आफूभन्दा अघिल्लो सरकारकै पालामा सो विषय आएको भनेर पन्छिए।
‘सुरक्षाको नाममा सुरक्षाकर्मीलाई भाँडा माज्न, लुगा धुन वा अघिपछि हल्लिनका लागि खटाउँदैनौं’ उनले भने।
लामिछानेले सुनतस्करी सम्वन्धी जाँचवुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै समस्या नभएको जनाउँदै तरु तस्करले लाभ पुर्याउने गरी सूचना नचुहियोस भनेर सावधानीपूर्वक सचेत भएर सार्वजनिक गर्न हतार नगरेको वताए।
जीवन चलाउनेका विषयमा अहिले नै सबै कुरा सार्वजनिक गर्न आफूले नचाएको भन्दै सुक्ष्म ढंगले काम गरिरहेको बताए।
निर्मला पन्तका दोषीलाई कारबाहीको दायरामा ल्याउन सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जनाउँदै उपप्रधानमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउनु पर्छ भन्ने आफ्नो प्रतिवद्धताबाट पछि नहटेको बताए।
लामिछानेले आफू सत्तामा आएको दुई सातामै राजश्व असुलीमा ६ प्रतिशतले प्रगति भएको दाबी गरे। उनले जिम्मेवारीमा रहेका सबै कर्मचारी र विभागीय प्रमुखहरुलाई ९० दिनको समय दिएको भन्दै उनीहरुको काम चित्त बुझ्दो नभएमा जेठ महिनाभित्र ‘सेक्टरल अपरेसन’ गरिने जनाए।
उनले पहिलो सुन्ने अनि थुन्ने नीति आफूले लिएको भन्दै सांसद विनोद चौधरप्रति कुनै राजनीतिक पूर्वाग्रह नराखिएको दाबी गरे।
उनले दुर्गा प्रसाईँले प्रयोग गरेको हतियारको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए। लामिछानेले गुप्तचर निकाय गृह प्रशासन मातहत नहुँदा सूचना आएन। यसविषयमा आफूले प्रधानमन्त्रीसँग पनि छलफल गरेको वताए।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...