चार दलबीच सत्ता सहकार्य गर्ने सहमति – Naya Bikalpa
May 12, 2024, Sunday

चार दलबीच सत्ता सहकार्य गर्ने सहमति

काठमाडौं । बागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहकार्य गर्न ५ बुँदे सहमति भएको हो ।

बाँकी कार्यकाल दलहरुबीच आलोपालो गरी प्रदेशको नेतृत्व लिने जनाइएको छ । राजनीतिक स्थायित्व, विकास र सबृद्धि, नागरिकको चाहनालाई आत्मसाथ गर्दै ४ दल मिलेर प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने निर्णय गरिएको हो ।

केन्द्रको सत्ता समिकरण निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागि दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने चार दलले निर्णय गरेका छन् ।

सरकार सञ्चालनका लागि समिकरणमा आबद्ध दलहरुको प्रतिनिधित्व रहने गरी प्रदेशस्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति तथा कार्यक्रम बनाउने दलहरुबीच सहमति छ ।

त्यस्तै दलहरुको सहमतिका आधारमा मात्र मन्त्रिपरिषदको संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय पनि गरेका छन । सहमति पत्रमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दललाई पनि समिकरणमा सहभागि हुन अनुरोध गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
  • २०८० चैत्र १५, २१: २५

काठमाडौं। नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना...

जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
  • २०८० चैत्र १५, २१: २५

काठमाडौं। छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि छनोटमा परेर सिफारिस भएका विद्यार्थीको नाम परिवर्तनको विषयमा स्पष्ट जवाफ दिन नचाहने शिक्षा, विज्ञान...

छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
  • २०८० चैत्र १५, २१: २५

काठमाडौँ। बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्नको लागि चिकित्सा शिक्षा आयोगले सिफारिसमा परेका विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम पठाइएको फेला...