काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै

काठमाडौं । संघीय राजधानी काठमाडौंको मुख्य नाका चन्द्रागिरि नगरपालिकास्थित वडा नं. २ वाणभञ्ज्याङको कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा यही चैत २७ गतेदेखि विराट महायज्ञ हुने भएको छ।

आगामी वैशाख ५ गतेसम्म हुने विराट महायज्ञबाट चण्डिकादेवीको मन्दिरलाई स्थानीय सरकारसँगको सहकार्यमा आर्थिक सहयोग जुटाउने उद्देश्य राखिएको छ।

महायज्ञमा पण्डित विजय सिग्देलले कथावाचन गर्ने बताइएको छ। स्थानीयको पहल र आफ्नो स्थानमा धार्मिक पर्यटकको पहुँच वढाउन विराट महायज्ञले थप सहयोग हुने स्थानीय व्यवस्थापन समितिका सदस्य एवम् भक्तजन श्रीराम कार्कीले नया विकल्प डटकमलाई जनाए।

पर्यटकिय र धार्मिकस्थलको रुपमा विकास गर्ने उद्देश्यले केही समयघि मात्र एक हजार पाँच सय किलोको चण्डिकादेवीको मुर्तीको प्राण प्रतिष्ठा गरिएको थियो।

चण्डिकादेवीको वर्षभरीमा खास खास पूजा हुने गरेको कार्कीले बताए। उनका अुनसार हरेक वर्ष असारको धान रोपाइँ सकिएपछि स्थानीयहरु मिलेर देवी पूजा गर्ने गर्छन।

देवीको पूजा गर्नाले सम्पूर्ण भक्तजनलाई रोग व्याधी नलाग्ने र चण्डिकादेवीले सँधै सवैको रक्षा गर्ने विश्वास गरिन्छ।

हरेक वर्ष वडा दशैंको अष्टमीदेखि दशमी तीन दिनसम्म भजन कीर्तन, चैते दशैंमा लाख बत्ति वालेर जागरण वसी विशेष पूजा आरती गर्ने परम्परा रही आएको छ।

नवाैं (९) दिनसम्म चल्ने महायज्ञमा आर्थिक सहायता उठ्ने र मन्दिर परिसरका भौतिक संरचना मर्मतसम्भार तथा भौतिक संरचना निर्माण गरी देशकै पर्यटकीय तथा काठमाडौंको मनोरम दृष्य हेर्नसक्ने स्थलदको रुपमा विकास गर्न लागिएको स्थानीय व्यवस्थापन समितिका सदस्य कार्कीले जनाए।

महायज्ञमा कथावाचन, भजनकीर्तन, देवलीला, झाकी, तुलादान एवम् शान्तिकलस पुजनसहितको ऐतिहासिक र धार्मिक महोत्सव हुने विश्वास गरिएको छ। उक्त स्थानबाट काठमाडौं उपत्यकाको प्रस्ट रुपमा भ्यूहेरी मनोरञ्जन लिन सकिन्छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र १६, १८: ०७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८० चैत्र १६, १८: ०७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८० चैत्र १६, १८: ०७

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...