मकाउका थापा मगर बने एनआरएनका मानार्थ परिषद् सदस्य – Naya Bikalpa
March 16, 2025, Sunday

मकाउका थापा मगर बने एनआरएनका मानार्थ परिषद् सदस्य

काठमाडौं । गैरआवासीय नेपाली संघले मकाउका सुदर्शन थापा मगरलाई संघको मानार्थ परिषद् सदस्यमा नियुक्त गरेको छ।

संघको गत चैत आठ गते (२१ मार्च २०२४) का दिन सम्पन्न भएको ९६औं अन्तराष्ट्रिय समन्वय परिषद्को वैठकले थापा मगरलाई मानार्थ परिषद सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी र महासचिव गौरीराज जोशीले हस्ताक्षर गरिएको पत्रमा थापा मगरलाई संघको विधान २००३ बमोजिम संघको अभियानामा उल्लेखनिय योगदान पुयाएकोले मानार्थ सदस्यमा नियुक्ति गरिएको जनाइएको छ।

मानार्थ परिषद्को सदस्य संख्या वढीमा ५१ जना रहने प्रावधान छ।

संघको अभियानालाई शुरुदेखि नै महत्वपूर्ण योगदान पुर्याउँदै आएका थापा मगरले आगामी दिनमा पनि थप योगदान पुर्याउने अध्यक्ष केसी र महासचिव जोशीले विश्वास गरेको जनाइएको छ।

थापा मगर विगत २७ वर्षदेखि मकाउमा ट्राभल्स एजेन्सी, रेष्टुरेण्ट, सेक्युरिटी कम्पनीको व्यवसाय र डिक्स कम्पनीको मुख्या विक्रेताको रुपमा संलग्न हुँदै आएका छन्।

उनी तीन कार्यकाल गैरआवासिय नेपाली संघ मकाउको अध्यक्ष भइसकेका छन् भने हाल मकाउको चेम्वर्स अफ कमर्शका अध्यक्ष हुन्।

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८० चैत्र २०, २०: १३

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८० चैत्र २०, २०: १३

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८० चैत्र २०, २०: १३

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...