मकाउका थापा मगर बने एनआरएनका मानार्थ परिषद् सदस्य – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

मकाउका थापा मगर बने एनआरएनका मानार्थ परिषद् सदस्य

काठमाडौं । गैरआवासीय नेपाली संघले मकाउका सुदर्शन थापा मगरलाई संघको मानार्थ परिषद् सदस्यमा नियुक्त गरेको छ।

संघको गत चैत आठ गते (२१ मार्च २०२४) का दिन सम्पन्न भएको ९६औं अन्तराष्ट्रिय समन्वय परिषद्को वैठकले थापा मगरलाई मानार्थ परिषद सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी र महासचिव गौरीराज जोशीले हस्ताक्षर गरिएको पत्रमा थापा मगरलाई संघको विधान २००३ बमोजिम संघको अभियानामा उल्लेखनिय योगदान पुयाएकोले मानार्थ सदस्यमा नियुक्ति गरिएको जनाइएको छ।

मानार्थ परिषद्को सदस्य संख्या वढीमा ५१ जना रहने प्रावधान छ।

संघको अभियानालाई शुरुदेखि नै महत्वपूर्ण योगदान पुर्याउँदै आएका थापा मगरले आगामी दिनमा पनि थप योगदान पुर्याउने अध्यक्ष केसी र महासचिव जोशीले विश्वास गरेको जनाइएको छ।

थापा मगर विगत २७ वर्षदेखि मकाउमा ट्राभल्स एजेन्सी, रेष्टुरेण्ट, सेक्युरिटी कम्पनीको व्यवसाय र डिक्स कम्पनीको मुख्या विक्रेताको रुपमा संलग्न हुँदै आएका छन्।

उनी तीन कार्यकाल गैरआवासिय नेपाली संघ मकाउको अध्यक्ष भइसकेका छन् भने हाल मकाउको चेम्वर्स अफ कमर्शका अध्यक्ष हुन्।

सम्बन्धित समाचार

सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
  • २०८० चैत्र २०, २०: १३

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...

सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
  • २०८० चैत्र २०, २०: १३

जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...

सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
  • २०८० चैत्र २०, २०: १३

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...