निजामती सेवामा आरक्षणको सुविधा नदिन तीन बुँदे – Naya Bikalpa
June 19, 2024, Wednesday

निजामती सेवामा आरक्षणको सुविधा नदिन तीन बुँदे

काठमाडौँ । सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्ततिलाई निजामती सेवामा आरक्षणको सुविधा नदिन राष्ट्रिय समावेशी आयोगले सरकारलाई सिफारिस गरेको छ ।

सार्वजनिक प्रशासनमा पनि अति सीमान्तकृत वर्गको प्रतिनिधित्व अत्याधिक न्यून रहेको कुरालाई ध्यानमा राखेर आयोगले २०७८ सालमा गरेको विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन’समेतका आधारमा आरक्षण व्यवस्थाबारे तीन बुँदे सिफारिस गरेको हो ।

निजामती तथा सार्वजनिक सेवातर्फ राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव वा त्यस भन्दा माथिल्लो तहमा सेवारत वा निवृत्त भएका कर्मचारीका सन्तती, संघ वा प्रदेश सांसदको सदस्य भएको, संवैधानिक निकायको पदाधिकारी वा एक वर्षभन्दा बढि

अवधि मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्री भएका बाबु आमाका सन्ततिलाई आरक्षण व्यवस्था अन्तरगत सेवा प्रवेशको सुविधा नदिन सिफारिस गरेको हो ।

पति, पत्नी वा दुबैले वर्षको कम्तिमा दुईलाख आयकर तिर्ने व्यवसायी, व्यापारी, उद्योगी वा डाक्टर, इन्जिनियर, वकिल जस्ता पेशा गर्ने बाबु आमाका सन्तती, महानगरपालिकाको प्रमुख वा पूर्व प्रमुखका सन्ततिलाई पनि आरक्षणको सुविधा नदिन सिफारिस गरिएको छ ।

सम्बन्धित समाचार

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८० चैत्र २०, २१: २०

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८० चैत्र २०, २१: २०

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...

सांसद डा.सिंहको घोषणा– धेरै बजेट नेता र मन्त्रीको जिल्लामा पारियो, पारित हुने दिन संसद बहिस्कार
सांसद डा.सिंहको घोषणा– धेरै बजेट नेता र मन्त्रीको जिल्लामा पारियो, पारित हुने दिन संसद बहिस्कार
  • २०८० चैत्र २०, २१: २०

काठमाडौं। सर्लाही निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेट धेरै पूर्वाग्रहपूर्ण भएकाले पारित गर्ने...