एजेन्सी। ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको उल्लेख गरेको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि ६.५ म्याग्निच्युडको परकम्प गएको छ । भूकम्पपछि केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ ।
एजेन्सीका अनुसार ताइवानमा शक्तिशाली भूकम्पपछि छिमेकी देश जापानमा मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको छ ।
मियाकोजिमा र ओकिनावा टापुहरूमा ३ मिटर (लगभग १० फिट) अग्लो छालहरूको चेतावनी दिएको छ ।
त्यस्तै ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ ।
थप विवरण आउन बाँकी छ ।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...