ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

 

एजेन्सी। ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको उल्लेख गरेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि ६.५ म्याग्निच्युडको परकम्प गएको छ । भूकम्पपछि केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ ।

एजेन्सीका अनुसार ताइवानमा शक्तिशाली भूकम्पपछि छिमेकी देश जापानमा मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको छ ।

मियाकोजिमा र ओकिनावा टापुहरूमा ३ मिटर (लगभग १० फिट) अग्लो छालहरूको चेतावनी दिएको छ ।

त्यस्तै ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ ।

थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार

सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
  • २०८० चैत्र २१, १०: ४१

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...

सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
  • २०८० चैत्र २१, १०: ४१

जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...

सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
  • २०८० चैत्र २१, १०: ४१

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...