हडिया – देवधार जोड्ने त्रियुगामा पक्किपुल बन्दै – Naya Bikalpa
July 24, 2024, Wednesday

हडिया – देवधार जोड्ने त्रियुगामा पक्किपुल बन्दै

गाईघाट । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१० मा पर्ने हडिया–देवधार जोड्ने त्रियुगा नदीमा पक्की पुल निर्माणको काम धमाधम भइरहेको छ।

संघीय सरकारमातहतको सडक विभागको पुल महाशाखाले डिजाइन एण्ड बिल्ड मोडेलअन्तर्गत मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टार खण्डमा पर्ने देवधार–हडिया क्षेत्रलाई जोड्ने गरी सो पुलको निमार्ण सुरु गरेको हो।

विभागको पछिल्लो नीतिअनुसार निर्माण व्यवसायीले नै माटो परीक्षण,वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार पार्ने र लागत स्टिमेटका आधारमा बजेट सुनिश्चित भएपछि तोकिएको समयसीमाभित्र पुल निर्माण गरिसक्ने गरी डिजाइन स्वीकृत भएकाले हडिया–देवधार जोड्ने त्रियुगा पुलको निमार्ण सुरु गरिएको जनाइएको छ।

विभागको पुल सेक्टर धरानका इन्जिनियर शर्मिला वेस्राअनुसार सूर्य एण्ड सन्स प्रालि निर्माण कम्पनी धरान सुनसरीले ४० करोड ३४ लाख ८८ हजार आठ सय रुपियाँको लागतमा दुवैतर्फको गरी ६५० मिटर लम्बाइ तथा ११ मिटर चौडाइको उच्च गुणस्तरको दुई लेनको पाएल फाउन्डेसन डिजाइनमा उक्त मोटेरेबल पक्की पुल निर्माण गर्न सुरु गरेको हो।

निर्माण कम्पनीले ४२ महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसक्ने गरी २०७९ मङ्सिर २१ गते ठेक्का सम्झौता गरेको थियो। पूर्वमन्त्री तथा उदयपुर निर्वाचन क्षेत्र नं.१ वाट निर्वाचित सांसद डा.नारायण खड्काको पहलमा सो पुलको योजना सरकारले अघि वढाएको हो।

सम्झौतापछि स्वायल टेस्ट अर्थात् माटो परीक्षणको काम सम्पन्न गरी पुलको विस्तृत डिजाइन तयार पारेर नेपाल सरकारको पुल महाशाखाले बुझाएको र त्यसपछि आयोजनाबाट डिजाइन पास भएपछि मात्रै निर्माण सम्बन्धी अरु कामले गति लिएको कम्पनीका निर्देशक उमेश श्रेष्ठले बताए।

चौदण्डीगढी नगरपालिका – ५ स्थित सिवाई –बेलाहा जोड्ने पुल २०७८मा उद्घाटन हुनुअघि भत्किएपछि अहिलेसम्म निर्माण पुरा भएको छैन।

भत्किएको पुल निर्माण पुरा नभएको र नयाँ पुल पनि निर्माण सम्पनन नभएकाले शिवाइ र हडियाका स्थानीय वासिन्दाहरु नगरपालिका जान आउन समस्या भोगीरहेका छन्।

उनीहरु सदरमुकाम गाईघाट र नगरपालिकाको कार्यालय आउन जानको लागि समेत सप्तरीको फत्तेपुरबाट घुमेर जानु पर्ने समस्या भोग्दै आएका छन्।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८० चैत्र २१, १५: ५४

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८० चैत्र २१, १५: ५४

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८० चैत्र २१, १५: ५४

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...