अमेरिका । सूर्यग्रहण हेर्न अमेरिकामा ६ जना बन्दीलाई रिहा गरिएको छ ।
टाइम म्यागजिनका अनुसार न्युयोर्क सहरका ती कैदीबन्दीलाई रिहा गर्ने निर्णय गरिएको हो । यी बन्दीहरूले ग्रहण हेर्नको लागि आवेदन दिएका थिए ।
अमेरिकाको स्थानीय समयअनुसार बिहान ११ बजेदेखि पूर्ण सूर्यग्रहण सुरु हुनेछ । सूर्यग्रहण मेक्सिको र अमेरिकाबाट प्रस्ट रुपमा देख्न सकिन्छ ।
सूर्यग्रहणका कारण अमेरिकामा अनुमानित १३ हजार करोड भारु बराबरको व्यापार हुने टाइम म्यागजिनले जनाएको छ ।
साथै, अमेरिकामा सूर्यग्रहणको रुटमा पर्ने विमानमा टिकटको माग १५ सय प्रतिशतले बढेको छ ।
यसअघि ७ वर्षअघि सन् २०१७ मा पूर्ण सूर्यग्रहण लागेको थियो । आज देखिने सूर्यग्रहणको प्रभाव यसअघिको भन्दा बढी हुनेछ र धेरै क्षेत्रमा देखिनेछ।
अमेरिकामा अब अर्को पूर्ण सूर्यग्रहण सन् २०४५ मा लाग्नेछ ।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...