
अमेरिका । सूर्यग्रहण हेर्न अमेरिकामा ६ जना बन्दीलाई रिहा गरिएको छ ।
टाइम म्यागजिनका अनुसार न्युयोर्क सहरका ती कैदीबन्दीलाई रिहा गर्ने निर्णय गरिएको हो । यी बन्दीहरूले ग्रहण हेर्नको लागि आवेदन दिएका थिए ।
अमेरिकाको स्थानीय समयअनुसार बिहान ११ बजेदेखि पूर्ण सूर्यग्रहण सुरु हुनेछ । सूर्यग्रहण मेक्सिको र अमेरिकाबाट प्रस्ट रुपमा देख्न सकिन्छ ।
सूर्यग्रहणका कारण अमेरिकामा अनुमानित १३ हजार करोड भारु बराबरको व्यापार हुने टाइम म्यागजिनले जनाएको छ ।
साथै, अमेरिकामा सूर्यग्रहणको रुटमा पर्ने विमानमा टिकटको माग १५ सय प्रतिशतले बढेको छ ।
यसअघि ७ वर्षअघि सन् २०१७ मा पूर्ण सूर्यग्रहण लागेको थियो । आज देखिने सूर्यग्रहणको प्रभाव यसअघिको भन्दा बढी हुनेछ र धेरै क्षेत्रमा देखिनेछ।
अमेरिकामा अब अर्को पूर्ण सूर्यग्रहण सन् २०४५ मा लाग्नेछ ।
काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...
जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...