संसदीय छानबिनमा कांग्रेसले अडान लिँदा बिनानिष्कर्ष टुंगियो सभामुखले वोलाएको सर्वदलिय वैठक – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

संसदीय छानबिनमा कांग्रेसले अडान लिँदा बिनानिष्कर्ष टुंगियो सभामुखले वोलाएको सर्वदलिय वैठक

काठमाडौं। सभामुख देवराज घिमिरेले सोमबार बोलाएको प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुको छलफल बिनानिष्कर्ष टुंगिएको छ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने, एमाले उपाध्यक्ष विष्णु पौडेल र तीनवटै दलका संसदीय दलका प्रमुख सचेतकहरु हितराज पाण्डे, रमेश लेखक, सन्तोष परियारको उपस्थिति थियो।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा निरन्तर उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समिति गठनको माग राख्दै चैत २७ देखि संसद नै अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले छलफल अगाडि बढाएका हुन्।

बैठकमा कांग्रेसले संसदीय छानबिन समिति गठनको अडानबाट पछि नहट्ने अडान लिएको तर सत्तारुढ दलहरु त्यसमा तयार नभएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

संसदीय छानबिन समिति न्युनतम माग रहेको तर त्यसलाई मान्न सरकार तयार नभएको प्रमुख सचेतक रमेश लेखकले बताए। ‘अब संसदमा कुनै बैठकका काम कारबाही अवरुद्ध भए भने त्यसको जिम्मेवार सरकारले लिनुपर्दछ,’ लेखकले भने।

भोलि संसदमा सरकार कुन रुपमा प्रस्तुत हुन्छ त्यसै अनुसार कांग्रेस प्रस्तुत हुने उनले बताए।

कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्ना कुराहरु यथावत राखेको बताए । ‘लाखौं लाख नेपालीहरुको पैसा सहकारीहरुमा बचत गरिएको छ । देशका विभिन्न सहकारीहरुमा रकमको अपचलन गर्ने, दुरुपयोग गर्ने, ठगि गर्ने लगायतका काम भएका छन्,’ लेखकले बैठक पछि संचारकर्मीसँग भने।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८० चैत्र २६, १६: ०७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८० चैत्र २६, १६: ०७

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८० चैत्र २६, १६: ०७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...