
काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजबादी)का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले संसदीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेट कार्यान्वयन एक साताभित्र शुरु नभए संसद अबरुद्ध गर्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकश्मिक समयमा वोल्दै सांसद पाण्डेले आर्थिक वर्ष २०८०–०८१का लागि पारित भएको बजेटका सबै कार्यक्रमहरु कार्यान्वयन आउने तर जनताको चाहना बमोजिमका पूर्वाधार विकासका कार्यक्रमको बजेट रोकेर सरकारले जनतामाथि किन अन्याय गरेको भनी प्रश्न गरे।
उनले भने, ‘बजेट पारित भएपछि त्यसकै आधारमा सेना, प्रहरी, अदालतका न्यायाधिश र कर्मचारीले तलव भत्ता लिने तर जनताले चाहेका विकासका कार्यक्रमलाई बजेट निकासा नगरी निर्वाचन क्षेत्रका जनतामाथि अन्याय भएको छ।’
पारित भएको बजेट बमोजिम संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम सात दिन भित्र कार्यान्वयनमा नआए संसद अबरुद्ध गर्ने पाण्डेले चेतावनी दिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...