संसदीय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन नभए संसद अबरुद्ध गर्ने सत्तारुढ सांसदको चेतावनी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

संसदीय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन नभए संसद अबरुद्ध गर्ने सत्तारुढ सांसदको चेतावनी

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजबादी)का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले संसदीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेट कार्यान्वयन एक साताभित्र शुरु नभए संसद अबरुद्ध गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकश्मिक समयमा वोल्दै सांसद पाण्डेले आर्थिक वर्ष २०८०–०८१का लागि पारित भएको बजेटका सबै कार्यक्रमहरु कार्यान्वयन आउने तर जनताको चाहना बमोजिमका पूर्वाधार विकासका कार्यक्रमको बजेट रोकेर सरकारले जनतामाथि किन अन्याय गरेको भनी प्रश्न गरे।

उनले भने, ‘बजेट पारित भएपछि त्यसकै आधारमा सेना, प्रहरी, अदालतका न्यायाधिश र कर्मचारीले तलव भत्ता लिने तर जनताले चाहेका विकासका कार्यक्रमलाई बजेट निकासा नगरी निर्वाचन क्षेत्रका जनतामाथि अन्याय भएको छ।’

पारित भएको बजेट बमोजिम संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम सात दिन भित्र कार्यान्वयनमा नआए संसद अबरुद्ध गर्ने पाण्डेले चेतावनी दिए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २८, १५: ३२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र २८, १५: ३२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २८, १५: ३२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...