मुक्त कमैयाका गुनासै गुनासा – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

मुक्त कमैयाका गुनासै गुनासा

काठमाडौ । मुक्त कमैयाहरुका गुनासै गुनासा छन् । पहिलो समस्या परिचयपत्र नपाएको र दोस्रो समस्या जमिन दिइएको छ । हातमा लालपुर्जा छ, कतिपय ठाउँमा उनीहरुले मालपोत तिर्छन्, रसिद छ । तर उनीहरु मालपोत र नापी कार्यालयमा जाँदा फिल्ड बुक र नक्सा कायम नभएकै कारण स्वामित्व हस्तान्तरण गर्न नपाएको बताउछन् ।

मुक्त कमैयाहरुको मुख्य समस्याको रुपमा रहेको परिचयपत्र बनाउनका लागि स्थानीय सरकारले एक चरणमा तथ्याङ संकलन गर्ने र परिचयपत्र पाएर पनि पुर्नस्थापनाको काम नभएकोले संघिय सरकारसँग पहल गर्ने राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले बताइन् ।

लुम्बिनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्रालयले मुक्तकमैयाका विभिन्न समस्या प्रति गम्भीर रहेको र उनीहरुका विभिन्न समस्याहरु आफ्नो अधिकार क्षेत्र भित्र नरहेकोले त्यस समस्या समाधानका लागि संघ सरकार मार्फत पहल गर्ने मन्त्रलयका खाद्य सुरक्षा तथा कृषि व्यवसायी प्रवद्र्धन महाशाखा प्रमुख घनश्याम चौधरीले बताए ।

मुक्तकमैयाहरु मुक्ति भएको २३ वर्ष पुगिसक्दा समेत राज्यबाट पाउनुपर्ने अधिकार, सेवासुविधा तथा अवसरबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य कहिले होला । यो विषयमा ३ तहकै सरकार गम्भीर हुन जरुरी देखिन्छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८० चैत्र २८, २०: ४६

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८० चैत्र २८, २०: ४६

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८० चैत्र २८, २०: ४६

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...