काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । राजनीतिक दलमा देखिएको सत्ता लिप्सा र अराजक व्यवहारले नराम्ररी जनताको कठघरामा उभ्याएको उल्लेख गरेका छन् ।
शनिबार बिहान नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै डा कोइरालाले राजनीति समाज सेवा,राष्ट्र निर्माणको अभियान भएको र सो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्नु नहुने धारणा राखेका छन् ।
नयाँ दशक र नयाँ युगको सुरुवात भएर आम नेपालीको जीवनमा खुसीयाली आउनेछ भनी आफ्नो अभिमत प्रकट गरेको भएपनि त्यसमा पर्याप्त सुधार नभएको बताए ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...