
काठमाडौं। नेपाली कांग्रेस संघीय संसदीय दलको बैठक आइतबार बिहान संसद भवन नयाँ वानेश्वरमा बस्ने भएको छ।
सरकारले संसदको चालु अधिवेशन आकश्मिक रुपमा २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय शुक्रबार गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आइतबार बिहान ७ः३० बजे र नेपाली कांग्रेस संसदीय दलको बैठक त्यस लगत्तै बिहान ८ः०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बोलाएको संसदीय दलको सचिवालयले जनाएको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...