
इलाम। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर नभएको भन्दै एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन आगामी वैशाख १५ गते हुने ईलाम–२ को उपनिर्वाचन कंग्रेसले जसरी पनि जित्नै पर्ने बताएका छन्।
‘कांग्रेस कमजोर भयो भन्ने कुरा बाहिर आइरहेको छ, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित भएका छन्। सबैको मनोबल बढाउनु पर्ने छ। हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको बिषय भएको छ’, डा.कोइराला भने।
कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै उनले पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न ईलामका पार्टी कार्यकर्ता सबैलाई निर्देशन पनि दिए।
उपनिर्वाचनको प्रचारका लागि ईलाम पुगेका कोइरालाले जतिजना आकांक्षी भएपनि टिकट एकजनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरुले मन दुखाउँन नहुने बताए।
कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै कांग्रेसका हरेक कार्यकर्ताले म नै उमेदवार हुँ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए।
सो अवसरमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा, इलाम क्षेत्र नं.२ को उपनिर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार भएका इलाम पार्टी सभापति डम्बर खड्का लगायतको उपस्थिति थियो।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...