राष्ट्रियसभा अध्यक्षको स्पष्टिकरण – प्रचण्ड र मैले एकै दिन राजनीति शुरु गरेका हौं – Naya Bikalpa
May 16, 2024, Thursday

राष्ट्रियसभा अध्यक्षको स्पष्टिकरण – प्रचण्ड र मैले एकै दिन राजनीति शुरु गरेका हौं

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आफू र नेकपा माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै दिन राजनीतिक गरेको दाबी गरेका छन्।

संचारकर्मीहरुसँग मंगलबार अन्तरक्रिया गर्दै अध्यक्ष दाहालले आफ्नो राजनीतिक योगदानलाई प्रचण्डसँग जोडेर अवमूल्यन गरिएको भन्दै २०२७ सालमा प्रचण्ड र आफूले एकै दिन अनेरास्ववियूको सदस्यता लिएर राजनीतिक शुरु गरेको दाबी गरेका हुन्।

राष्ट्रिय सभाको अध्यक्ष भएपछि आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पारिवारिक नाता भएकाले अवसर पाएको भन्दै पटक–पटक प्रश्न आएकाले त्यसबाट आफू आजित भएको उनले दुखेसो पोखे।

प्रचण्ड र आफूले सँगै राजनीति शुरु गरेर निरन्तर राजनीतिक आन्दोलनमा लागेको भन्दै उनले प्रधानमन्त्री दाहाललाई आफूले कुनै पनि राजनीतिक गतिविधिमा नछाडे पनि उनकै निगाहामा आफूलाई राष्ट्रिय सभाअध्यक्ष बनाएको भन्ने टिप्पणीले आफू वाक्क भएको बताए।

‘म त्यो विषयमा धेरै बोल्ने मोडमा छैन है । कति बोल्ने त्यो विषयमा? २०२७ सालमा एकै दिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति शुरु गरेको अध्यक्ष र म । उहाँ गोरखामा पढाउनु हुन्थ्यो । म काठमाडौंमा डिप्लोमा पढ्दै थिएँ सानोठिमीमा ।  चौथो महाधिवेशनमा २०३५ जेठ २२ गते ‘सँगसँगै हिडेकै छ । एक दिन छोडिएको छैन। प्रचण्डको दयाले मात्रै म भएको भनेर त मलाई जवाफ दिन पनि वाक्क लाग्न थालिसक्यो’, उनले भने

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने काममा सहयोग गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले राष्ट्रियसभाका गतिविधिलाई सञ्चार माध्यमले प्राथामिकता नदिएको भन्दै गुनासो समेत गरे।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०८१ बैशाख ४, २०: २९

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०८१ बैशाख ४, २०: २९

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०८१ बैशाख ४, २०: २९

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...