निजी कम्पनीले कब्जा गरेको जग्गामा प्रशासन गर्यो सिल – Naya Bikalpa
May 19, 2024, Sunday

निजी कम्पनीले कब्जा गरेको जग्गामा प्रशासन गर्यो सिल

काठमाडौं । लिजमा लगेर निजी कम्पनीले भोगचलन गरिरहेको लैनचौरस्थित जमिनमा बनेका संरचनामा जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन पछि प्रहरीको सहयोगमा प्रशासनले सिल गरेको हो । नेपाल स्काउटको केन्द्रीय कार्यालय लैनचौरस्थित ३ रोपनी जग्गा भाडामा लिएका सांसद तथा काँग्रेस केन्द्रीय सदस्य दीपक खड्काले आसपासको थप ९ रोपनी जग्गा १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा उठाउँदै आएका थिए ।

स्काउटको सम्पत्ति खाली गर्न अदालतले दिएको आदेशसमेत सरकारले कार्यान्वयन गर्न सकेको थिएन । खड्का सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएकोमा

२०७५ मै सम्झौताको म्याद सकिए पनि सम्झौताअनुसार भाडाबापतको करोडौँ रकमसमेत भुक्तानी नगरेको देखिएको प्रशासन कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०८१ बैशाख ६, २१: २८

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०८१ बैशाख ६, २१: २८

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...

संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
  • २०८१ बैशाख ६, २१: २८

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै शुक्रबार संसद् भवन अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गर्ने करिब ११ जनालाई...